काठमाण्डु– अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विश्व शान्ति र एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाई जोड दिए।
शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनले जोड दिए । विभिन्न धर्मलम्बीहरुको आ आफ्ना गन्तव्य स्थान छन तर विश्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो ।
विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य बनाउन विश्वशान्ति धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफू लागि परेको पनि बताए ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरूको बाक्लो उपस्थिति थियो ।
भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो।
शान्ति, करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यही युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए।
प्रतिक्रिया