जिल्ला अदालत पोखराबाट रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत पोखराबाट रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु– जिल्ला अदालत पोखराले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासले आइतबार सहकारी ठगीमा मुछीएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको हो ।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।