आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाण्डु-देशभर मनसुनी वायुको प्रभाव कायमै छ । आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।