न्युयोर्कमा रहेका प्रधानमन्त्रीलाई काठमाडौंबाट लामिछानेले भने-आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू

न्युयोर्कमा रहेका प्रधानमन्त्रीलाई काठमाडौंबाट लामिछानेले भने-आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू


काठमाण्डु-सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लामिछानेले प्रधानमन्त्री ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि अब प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका हुन् ।

लामिछानेले सरकारले सहकारीपीडितलाई न्याय दिने नियतले नभइ प्रतिशोध राखेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू । फर्केर आउनूस । बसेर कुरा गरौँ । सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन अहिले अमेरिकाको न्यूयोर्कमा छन् ।

प्रधानमन्त्री ओली न्युयोर्कमा रहेकै बेला आइतबार गृहमन्त्री रमेश लेखकले सहकारी ठगी सम्बन्धी ससदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले आइतबार लामिछानेका व्यापारिक साझेदार पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरी कास्की पुर्‍याएको छ ।