काठमाण्डु-श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आज नेपाल आउँदै छन् ।
उनी आज राति ८ बजे ड्रुक एयरको विमानमाबाट नेपाल आउन लागेका हुन् ।
श्रीमतीसहित नेपाल भ्रमणमा आउन लागेका उनी झम्सिखेलस्थित होटल भिभान्तामा बस्ने छन् । आगामी ९ असोजमा भरतपुर जाने यनको कार्यक्रम छ । राजापाक्षेले विभिन्न बौद्धस्थलहरूको पनि भ्रमण गर्ने कार्यक्रम छ । असोज १३ गते उनी स्वदेश फर्किने जनाइएको छ ।
राजापाक्षे २ वर्षअघि श्रीलंकाका राष्ट्रपति थिए । २०२२ मा श्रीलंकामा आर्थिक मन्दीपछि भएको वृहत आन्दोलनपछि उनी सिंगापुर भागेका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरेका थिए ।
उक्त आन्दोलनपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको छ । निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन् ।
प्रतिक्रिया