पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश

पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश


काठमाण्डु– नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासलेकारण देखाउ आदेश जारी गरेको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए पनि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।

नेपाल पत्रकार महासंघको विधानअनुसार महासंघको कार्यसमितिको कार्यकाल ३ वर्ष पूरा भएपछि पुनः नयाँ कार्यसमिति निर्वाचित भएर आउनुपर्नेमा अहिलेको कार्यसमितिको कार्यकाल पूरा भएको ६ महिना पुग्न लाग्दा पनि महासंघको निर्वाचन हुन सकेको छ ।

महासंघले पाँचौं पटकसम्म निर्वाचनको मिति तय गरेको भए पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन ।