सुजनको ह्याट्रिकमा नेपालले श्रीलंकालाई ४ गोलले हरायो

सुजनको ह्याट्रिकमा नेपालले श्रीलंकालाई ४ गोलले हरायो


काठमाण्डु– साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध सानदार जित हात पारेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।