करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु


काठमाण्डु – रौतहट र सर्लाहीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–८ मत्सरी टोल बस्ने २६ वर्षीय सिकेन्द्र साह तेलीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको विद्युतीय मोटर जडित कलमा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटीया बस्ने सुदिश चौधरीको छोरा २ वर्षीय आयुष कुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा रहेको बिजुलीको प्लकबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।