प्रधानसेनापति सिग्देलसँग फ्रान्स र यूएईका राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानसेनापति सिग्देलसँग फ्रान्स र यूएईका राजदूतको शिष्टाचार भेटवार्ता


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग फ्रान्स र यूएईका राजदूतको शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार प्रधानसेनापति सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गीअड्डामा शिष्टाचार भेटघाट भएको छ ।

सोमबारै प्रधानसेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूत अब्दुल साइद मुबारक जर्वान अल शम्सबीच जङ्गीअड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति सिग्देलको कार्यकक्षमा भएको भेटघाटहरूमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

द्विपक्षीय भेटघाटले आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।