रोनाल्डो बिना अल नासर विजयी, राउण्ड १६ मा पुग्यो

रोनाल्डो बिना अल नासर विजयी, राउण्ड १६ मा पुग्यो


काठमाण्डु– अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल हाजमलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।

अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।