एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिकालाई विमानस्थलमा भव्य स्वागत

एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिकालाई विमानस्थलमा भव्य स्वागत


काठमाण्डु– चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी स्वदेश फर्किएकी एरिका गुरुङलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।

उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।

उनीहरुको स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल छिसिङसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।