दिउँसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराई राजदूतमा अस्वीकृत हुने

दिउँसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराई राजदूतमा अस्वीकृत हुने


काठमाण्डु – श्रीलंकाका लागि नेपाली राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र आज दिउसो तीन बजेसम्म नबुझाएमा संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गर्ने भएको छ ।

प्रस्तावित राजदूत भट्टराईको बारेमा निर्णय लिन आज दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठक बस्ने बेलmासम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराईको राजदूतमा सिफारिसलाई अस्वीस्कृत गर्ने जानकारी भट्टराईलाई सुनुवाइ समितिले गराएको हो ।

भट्टराईसँगै राजदूतमा सिफारिस भएका अन्य १६ जनाको प्रस्ताव संसदीय समितिले स्वीकृत गरे पनि श्रीलंकाका लागि राजदूतमा प्रस्तावित भट्टराईले संसदीय सुनुवाइ समितिमा आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र बुझाउन नसक्दा उनकोबारे निर्णय हुन सकेको छैन ।

भट्टराईलाई समय दिएर मंगलबार बिहान ९ बजे बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि सारिएको छ । भट्टराईले उनले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन् । आजसम्म पनि भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत समितिका एक सदस्यले बताए ।

प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो।