शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम


काठमाण्डु – राजदूतमा सिफारिस आफ्नो नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न आवश्यक पर्ने शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्।

राजदूतमा अनुमोदन हुनका लागि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र संसदीय समितिमा पेस गर्नुपर्ने थियो । तर, प्रमाणपत्र पेस गर्न नसकेपछि भट्टराईले आफ्नो नाम फिर्ता लिएका हुन् ।

भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएका समितिका एक सदस्यले जानकारी दिए ।

उनीबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । त्यसअघि नै भट्टराईले नाम फिर्ता लिएका हुन् ।

सुनुवाइ समितिले भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेपछि नाम फिर्ता लिएका हुन् ।

सरकारले १४ साउनमा १७ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । समितिले २ असोजमा अन्य १६ जनाको नाम अनुमोदन गरिसकेको थियो ।