काठमाण्डु–मंगलबार पनि सेयर बजारको ओरालो यात्रा कायम रहेको छ ।
आज नेप्से ५८ अंकले घटेको छ । मंगलबार परिसुचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो ।
आज ३०९ कम्पनिको कारोबार हुदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ को खरिद बिक्री भएको छ ।
आज स्वरोजगार लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१ लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया