उपेन्द्रले जसपा नेपालमा बनाए ८ सदस्यीय सचिवालय

उपेन्द्रले जसपा नेपालमा बनाए ८ सदस्यीय सचिवालय


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा ८ सदस्यीय सचिवालय बनाएका छन् । असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकबाट अध्यक्ष यादवले ८ सदस्यीय सचिवालय बनाउन प्रस्ताव पारित गरेका हुन् ।

विधानको धारा‐ ३२ अनुसार अध्यक्ष यादवको प्रस्तावमा सचिवालय गठन गरिएको हो । सचिवालयमा अध्यक्ष, सहअध्यक्ष, ४ उपाध्यक्ष २ महासचिव र एक सचिव सदस्य छन् ।

सचिवालयमा अध्यक्ष यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला सदस्य रहेका प्रचार विभागले जानकारी दिएको छ ।

पार्टीमा रहेका २१ पदाधिकारीमध्य ८ जना सचिवालयमा अटाएका हुन् ।