कांग्रेस सभापति देउवाद्वारा थारु विभागमा १० सदस्य मनोनित

कांग्रेस सभापति देउवाद्वारा थारु विभागमा १० सदस्य मनोनित


काठमाण्डु – नेपाली कांग्रेसको थारु विभागमा १० सदस्य मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारु विभागमा १० जनालाई मनोनित गरेका छन् ।

पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम मनोनयन गरिएको प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी छन् । सभापति देउवाले देवमान चौधरी (बर्दिया), हल्लुप्रसाद चौधरी (दाङ), शिवनारायण राना (कैलाली), साजनकुमार महतो (चितवन), शैलेन्द्र चौधरी (रौतहट), नमिता चौधरी (सप्तरी), वोरनारायण चौधरी (सुनसरी), सरिता चौधरी (कैलाली), सुचि चौधरी (मोरङ) र कुलमणि चौधरी (बारा) लाई सदस्य मनोनित गरेका छन् ।