आईसीसी विश्वकप क्रिकेटमा नेपाल र ओमानबीचको खेल वर्षाका कारण स्थगित

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र ओमानबीचको खेल वर्षाका कारण स्थगित


काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट–२ अन्तर्गत नेपाल र ओमान बीचको खेलका लागि टस् हुन सकेको छैन । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस हुन नसकेको हो ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टीमले मंगलबार चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग २ र ओमानसँग १ खेल पराजित भएको थियो ।

त्रिकोणात्मक १ दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटले हार व्यहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।