काठमाण्डु– राष्ट्रिय दलित आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
आयोगले संविधानको धारा २९४ को उपधारा १ बमोजिम आर्थिक बर्ष ०८०/०८१को आयोगको वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
।
प्रतिक्रिया