नेपालको पछिल्लो राजनीति दिगो नहुने भारतीय विज्ञ नायकको आशंका

नेपालको पछिल्लो राजनीति दिगो नहुने भारतीय विज्ञ नायकको आशंका


काठमाण्ड-नेपाल–भारतका जानकार निहार नायकले नेपालमा पुराना र नयाँ गरी दुई प्रकारका राजनीतिक दल रहेको बताएका छन् । उनले नेपालको पछिल्लो राजनीति दिगो नहुने आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा नेपालको सन्दर्भमा टिप्पणी गर्दै नायकले भनेका छन्,‘राप्रपा, माओवादी, विवेकशील र मधेसी पार्टीजस्तै बालेन, राप्रपा र परम्परागत कांग्रेस र एमाले बाहिरका अन्य पार्टीका पछिल्ला सफलताहरू नेपाली राजनीतिमा दिगो नहुन सक्छन् ।’

इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर नायक नेपाल–भारतका विज्ञ मानिन्छन् ।