सरकारले केराउ, सुपारी र मरिच आयात प्रतिबन्ध हटायो

सरकारले केराउ, सुपारी र मरिच आयात प्रतिबन्ध हटायो


काठमाण्डु– सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि केराउ, सुपारी र सेतो तथा कालो मरिच आयात प्रतिबन्ध हटाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच आयात खुला गरेको हो ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको जनाएको छ ।

सरकारले सूचनामा कुन वस्तुको कति परिमाण आयात गर्न दिने भन्नेबारे खुलाइएको छैन । २०७६ चैत मा सरकारले सुपारी, केराउ र मरिच आयातमा प्रतिबन्ध लगाइएको थियो ।