काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान भएको छ ।
सभापति शेरबहादुर देउवाले असोज १३ गते आईतबार दिउँसो २ बजे निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका छन् ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको छ । बैठकमा कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने बताइएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक केन्द्रीय समितिबाट चुनिएका ३१ सदस्य हुने गरेका छन् ।
प्रतिक्रिया