काठमाण्डु – लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महंगो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय निर्धारण भएको जनाएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको जनाएको छ ।
प्रतिक्रिया