सहकारी ठगी प्रकरण : जोशीलाई ७ दिन हिरासतमै राख्‍न अनुमति

सहकारी ठगी प्रकरण : जोशीलाई ७ दिन हिरासतमै राख्‍न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । पूर्व डिआईजीपी जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका थिए । जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो ।

७ गते जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका जोशीलाई पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिइएकोमा दोस्रो पटक प्रहरीलाई अदालतले अनुसन्धानका लागि ७ दिनको समय दिएको हो ।

प्रहरीले १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेकोका अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए ।

जोशीले प्रहरी हिरासतमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको तर, गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको बयान दिएका छन् ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा जोशीको पनि संलग्नता रहेको भन्दै एमाले सांसद स्रर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीलदे जोशीलाई पक्राउ गरेको हो ।