कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा १० सदस्य मनोनित

कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा १० सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय शिक्षा विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।

मनोनयन भएका सदस्यमा प्रा.डा. कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिविक्रम पाण्डे (काठमाण्डु), राजन श्रेष्ठ (काठमाण्डु), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेका पार्टीका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।