पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ : अध्यक्ष ढकाल

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ : अध्यक्ष ढकाल


काठमाण्डु-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा देशकै विकास र समृद्धिमा सहयोग पुग्ने बताए ।

पाथीभरा केवलकारमा स्थानीयलाई शतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको पनि उनले विश्वास दिलाए ।

स्थानीय संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शतप्रतिशत प्राथमिकता दिने उनले बताए ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्न सके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा व्यक्त गरे ।

केबकार निर्माणको काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको पनि उनले बताए ।