मिलेर विपत्तिको सामना गर्न प्रधानमन्त्रीको आग्रह

मिलेर विपत्तिको सामना गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडु-प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोको विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न सबैमा आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा भएको अविरल वर्षाले निम्त्याएको विपदप्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘आज पनि देशैभर अविरल वर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन् । अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ । केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरूका अनुसार आज पनि वर्षा हुनेछ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं । विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ ।