युथ–१४ क्याम्पका ६ खेलाडीमध्ये ३ जनाको शव फेला

युथ–१४ क्याम्पका ६ खेलाडीमध्ये ३ जनाको शव फेला


काठमाण्डु– पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये ३ जनाको शव भेटिएको छ ।

उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।