कोशी ब्यारेजमा आवतजावत बन्द

कोशी ब्यारेजमा आवतजावत बन्द


विराटनगर – सुनसरी जिल्लास्थित कोशी ब्यारेजमा आवतजावत बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै शनिबार अपराह्न ४ बजेदेखि सवारीसाधन र सर्वसाधारण हिँडडुल गर्न बन्द गरिएको जनाएको छ ।

‘विगत ३ (तीन) दिनदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोशी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाको लागि आज मिति २०८१/६/१२ गते दिनको ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधनहरूको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

अत्यावश्यक कामका निम्ति वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।