लाल बकैया र बागमतीमा बाढी : रौतहट डुबानमा

लाल बकैया र बागमतीमा बाढी : रौतहट डुबानमा


काठमाण्डु-लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटको सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् ।

दुबै नदीमा आएको बाढीका कराण ठाउँठाउँमा तटबन्धहरू भत्किनुका साथै नदी छेउका दर्जनभन्दा बढी गाउँहरू डुबानमा परेका हुन् ।

बागमती र लाल बकैयामा पानीको सतह घटे पनि नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको बाँधका कारण बाढीको पानीले निकास नपाउँदा सदरमुकाम गौर डुबानमा परेको हो ।

१५ वर्षदेखि सीमा क्षेत्रमा भारतीय पक्षले करिब २० मिटर अग्लो बाँध बनाएका कारण पानीले निकास नपाउँदा गौर डुबानमा परेको स्थानीयले बताएका छन् ।

लाल बकैया नदीमा आएको बाढीले इशनाथ नगरपालिका र राजपुर नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् ।

यसैगरी बागमती नदीमा आएको बाढीले गढिमाइ, माधवनारायण र राजदेवी नगरपालिकाको ठाउँठाउँमा बाध कटान गरेपछि बाहिरको पानी पनि गाउँमा पसेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार बाढीबाट मानवीय क्षति नभएपनि जनधनको ठूलो क्षति भएको छ ।

बाढीबाट प्रभावित सयाँै मानिसहरूलाई सशस्त्र र नेपाल प्रहरीले उद्वार गरी सुरक्षित स्थानमा राखेका छन् । घरमा पानी पसेकाहरूलाई स्थानीय प्रसाशनले उद्धार गरी बाढी नपस्ने सुरक्षित स्थानमा रहेका स्कुल, मठमन्दिर एवं सार्वजनिक भवनमा राखेको छ ।

सर्लाहीमा १० जनाको उद्धार

शनिबार अविरल वर्षासँगै सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलामा आएको बाढीमा फसेकाहरुको शसस्त्र प्रहरीले उद्धार गरेको छ ।

सबैलाई उद्धार गरी उनीहरुको घरमा पु¥र्यइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।