त्रिदेशीय टी–२० क्रिकेट : पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

त्रिदेशीय टी–२० क्रिकेट : पहिलो खेलमा नेपाल क्यानडासँग पराजित


काठमाण्डु-त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । एक सय २४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन मात्रै बनायो ।

कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन जोडे । क्यानडाका कलिम सानाले चार विकेट लिए ।

त्यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । क्यानडाका साद बिन जाफरले सर्वाधिक २३ रन बनाए । सन्दीप लामिछाने र सोमपाल कामीले तीन–तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए । नेपालले दोस्रो खेलमा आज राति ओमानसँग खेल्नेछ ।