नेपालको बाढीले भारतको विहार डुबानमा

नेपालको बाढीले भारतको विहार डुबानमा


काठमाण्डु-नेपालमा आएको बाढी र पहिरोले भारतीय राज्य विहारमा डुबानमा परेको छ ।

भारतीय सञ्चार माध्यमका बाढीले विहारका विभिन्न राज्यमा बाँध फुटेको छ । नवभारत टाइम्सले उल्लेख गरे अनुसार घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको छ ।

भारतको जोगबनी रेल्वे स्टेशनमा पनि पानी बसेको छ । अहिले रेलवे ट्राकमै पानी जमेको छ । जोगबनीको टिकुलिया बस्तीमा बाढी पसेको छ ।

योसँगै जोगबनीबाट खुल्ने सबै रेलसेवा बन्द भएका छन् ।

दरभंगामा कोसी, कमला र बलान नदीमा जलस्तर बढेको छ । दरभंगा जिल्लाको कुशेश्वरस्थान पूर्वी, किरतपुर, घनश्यामपुर र गौडाबौराम क्षेत्रमा पनि बाढीको पानी पसेको छ ।