इमेज सहकारी ठगी प्रकरण : भारतमा पक्राउ परेका देवकुमारलाई काठमाडौं ल्याइयो

इमेज सहकारी ठगी प्रकरण : भारतमा पक्राउ परेका देवकुमारलाई काठमाडौं ल्याइयो


काठमाण्डु– भारतमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर तथा सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत रहेका नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।

उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।