२२ अंकले घट्यो सेयर बजार, मात्र ४ अर्ब ५ करोडको कारोबार

२२ अंकले घट्यो सेयर बजार, मात्र ४ अर्ब ५ करोडको कारोबार


काठमाण्डु–आज सेयर बजारमा २२ अंकको पहिरो गएको छ । आइतबार नेप्से २२.३६ अंकले घटेर २४६४ विन्दुमा रोकिएको हो ।

आज एक करोड ३ लाख कित्ता शेयर किनबेच हुदा ४ अर्ब ५ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका ३२७ वटा कम्पनीमध्ये १९३ वटा कम्पनीले भएको मूल्य पनि गुमाएका छन् भने ४६ वटा कम्पनीले कमाएका छन्। कमाउनेमा वीन नेपाल लघुवित्त, कुमारी सबल योजना र इङ्वा हाइड्रो अगाडि छ।

यी दुवै कम्पनीको सेयरमूल्य ६ प्रतिशत धेरैले बढेको छ । यस्तै घट्नेमा भने माथिल्लो स्याङ्गे हाइड्रो, माथिल्लो हेवा खोला र एनएमबी सुलभ इन्भेष्टमेन्ट रहेका छन् । यी तीन वटै कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो।

कारोबारमा भने आज एनएलजी इन्स्योरेन्स र सिइडीबी हाइड्रो डेभलपमेन्ट कमपनी अगाडि देखियो । यो दुवै कम्पनीको १५ करोड माथिको सेयर कारोबार भएको हो।