प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट


काठमाण्डु– भरतपुर महानगरपालिकामा रहेको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । 

आइतबार प्रभु बैँकका चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ  र कलेज अफ मेडिकल साइन्सका एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैँकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा विशेष छुट पाउने भएका छन् । प्रभु बैँकका ग्राहकले सिओएमएसमा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा २० प्रतिशत सम्म छुट पाउने छन् । 

प्रभु बैँक लिमिटेडका ग्राहकले बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्यकुनै विद्युतीय प्रणाली द्धारा विल भुक्तानी गर्दा छुट पाउने छन् । यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैँक लिमिटेडका ग्राहकले परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

प्रभु बैंकको नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा वढी ग्राहक रहेका छन् ।