काठमाण्डु-क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।
नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए ।
करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।
गुल्सन म्यान अफ दि म्याच बनेका छन । आठ खेलपछि नेपालको यो पहिलो जित हो ।
यो शृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यनाडासँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेल मंगलबार क्यानडासँग र चौथो खेल बुधबार फेरि ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया