किष्ट बैंक घोटाला काण्ड : पक्राउ परे तत्कालीन बैंकका वरिष्ठ दुई जना अधिकृत

किष्ट बैंक घोटाला काण्ड : पक्राउ परे तत्कालीन बैंकका वरिष्ठ दुई जना अधिकृत


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालिन किष्ट बैंकका नायब प्रबन्धकसहित अर्का एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बैंङ्किङ कसुरको अभियोगमा बिएन भन्ने बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो ।

घर्ती हाल नेशनल ब्याकिङ्ग इन्स्टिच्युटमा आवद्ध छन् । उनीहरु किष्ट बैंक घोटला प्रकरणमा सजाय भुक्तानी गरिसकेका व्यक्ति हुन् । किष्ट बैंक घोटला प्रकरणका समयमा घर्ती नायब महाप्रबन्धक थिए ।

घर्तीलाई बैंकिङ क्षेत्रका एक विज्ञको रुपमा समेत लिने गरिएको थियो । व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो ।