कांग्रेसले सरकारलाई भन्यो – चाडपर्वको बेला अस्वाभाविक मूल्यवृद्धिप्रति सचेत रहनू

कांग्रेसले सरकारलाई भन्यो – चाडपर्वको बेला अस्वाभाविक मूल्यवृद्धिप्रति सचेत रहनू


काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठकले चाडपर्वको बेला हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सचेत रहन सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बाढी पहिरोका कारण भएको अन्नबालीको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन एवं नदी कटान भएको स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले इजरायल/लेबनानबीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरू पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकको सकुशल स्वदेश फिर्तीको व्यवस्था मिलाउन माग गरेको छ ।