राष्ट्रियसभा अध्यक्षद्वारा २ वटा विधेयक प्रमाणित

राष्ट्रियसभा अध्यक्षद्वारा २ वटा विधेयक प्रमाणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २ वटा विधेयक प्रमाणित गरेका छन् ।

दाहालले बुधबार सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् ।

आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।