चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर सहयोग

चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर सहयोग


काठमाण्डु– चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरुको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन् ।

पछिल्लो समय बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपत्तीमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालय मार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गरे ।

उनले विपद्मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने बचन व्यक्त गरे ।