अमेरिकामा ‘हेलेन’ आँधी : मृतकको संख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ आँधी : मृतकको संख्या २ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २ सय पुगेको छ । आँधीका कारण आएको पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

मृत्यु हुनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको छ ।

आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

मृतकको संख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले फ्लोरिडा र जर्जियाको भ्रमण गरेका छन् । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनस्र्थापना नभएसम्म सरकारले सहयोग गरिरहने बताएका छन् ।

उनले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गरेका छन् ।