परराष्ट्रमन्त्री कतारमा, द्विपक्षीय भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री कतारमा, द्विपक्षीय भेटवार्तामा व्यस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको राजधानी दोहा पुगेकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सहभागी भएकी हुन् । त्यहाँ उनी विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहेकी छन् ।

सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा. राणाले विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् ।

सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता छ ।

सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा. राणाले किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन् । त्यसैगरी मन्त्री डा. राणासँग संयुक्त अरब इमिरेट्स्का वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा. थानी अहमद अल जियोदीले पनि भेटवार्ता गरेकी थिइन् ।

ती भेटहरूमा आपसी हित र चासोका विविध विषयहरूका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा. राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कँदै छन् ।