इजरायली आक्रमणमा ३७ लेबनानीको मृत्यु

इजरायली आक्रमणमा ३७ लेबनानीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको छ ।

हिजबुल्लाको केन्द्र मानिएको बेरुतको दक्षिणी क्षेत्र दहिहमा विमानस्थल नजिकै इजरायली सेनाले गरेको हवाई आक्रमणमा १ सय ५१ जना घाइते भएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार सयैद हसन नसरल्लाहका प्रमुखको मृत्यु पछि जिम्मवारी सम्हालेका हाशिम सफिद्दिनलाई लक्षित गरी इजरायलले आक्रमण गरेको हो ।

लेबनानको स्थानीय सञ्चार माध्यमहरूका अनुसार अन्डरग्राउन्ड बङ्करमा हिजबुल्लाका शीर्ष नेताहरूसँग छलफल गरिरहेका बेला इजरायलले आक्रमण गरेको थियो ।

यसैबीच, इजरायली सेनाले शुक्रवार वेस्ट बैँकमा गरेको आक्रमणमा परी हमास नेटवर्कका प्रमुखसहित १८ जनाको मृत्यु भएको छ ।