बीपी राजमार्गमा १२ किलोमिटर बाटोको नामोनिशाना नै छैन

बीपी राजमार्गमा १२ किलोमिटर बाटोको नामोनिशाना नै छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग सञ्चालन हुन अझै केही दिन लाग्ने बताएको छ ।

‘बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्’ यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा ब्रिफिङ गर्दै भने ।

उनले बीपी राजमार्गमा गाडी चलाउन समय लाग्ने बताउँदै त्यहाँ १२ किलोमिटर बाटोको नामोनिशाना नै नरहेको जानकारी दिए । अगाडि उनले भने, ‘राजमार्गहरू बनाउनका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्छ । त्यसमा पनि सबैभन्दा ठूलो रमक बीपी राजमार्गमै लाग्छ । यो बाटो खोल्नका लागि काम गरिरहका छौँ तर समय लाग्छ ।’

उनले बीपी राजमार्गमा अझै पनि ५०० को संख्यामा गाडीहरू रहेको र त्योभन्दा बढी संख्यामा मजदुरहरूको उद्धार गर्न बाँकी रहेको बताए । ‘५०० को संख्यामा गाडी र सोभन्दा बढी संख्यामा मजदुर बीपी राजमार्गमा उद्धार गर्न बाँकी छ,’ उनले भने । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले तीन दिनभित्र बीपी राजमार्गबाहेकका सबै राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए ।