नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनमा रोक (सूचनासहित)

नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनमा रोक (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मुग्लिन सडकखण्डमा ठूला सवारी साधनमा रोक लगाइएको छ । चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको हो ।

चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो । यो रोक दसैँको पूर्णिमासम्म लगाइएको हो ।

तर खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन् । विभागले दसैँका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको पनेरूले बताए ।

उनले भने, ‘औषधी र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी कार्तिक १ गतेसम्म बन्द रहन्छन् ।’ विभागको निर्णयअनुसार चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठुला सवारी साधन रोकिएको छ ।