यात्रुबाट बढी भाडा असुल्ने ६ जना पक्राउ

यात्रुबाट बढी भाडा असुल्ने ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यात्रुको चाप भएका बेला बढी भाडा असुल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डुबाट पोखरा, दमौली, लमजुङ, खैरेनी जाने यात्रुबाट बढी भाडा लिएको अवस्थामा चालक र सहचालक पक्राउ परेका छन् ।

गृह मन्त्रालयका अनुसार प्रहरीले गोरखाका डम्बर बहादुर आलेमगर, लमजुङका आयुष तामाङ, तनहुँका राजु विक र मिलन विक, गोरखाका दिपकबहादुर नेपाली तथा नुवाकोटका प्रकाश मगरलाई पक्राउ गरेको छ ।