एन्फा महिला लिगको दोस्रो चरणमा पुलिस क्लब प्रवेश

एन्फा महिला लिगको दोस्रो चरणमा पुलिस क्लब प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी एन्फा महिला लिग–२०२४ फूटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फूटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले संकटामाथि २–१ गोलअन्तरको जीत निकालेको छ ।

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन् । त्यसपछि खेलको सातौं मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यसलगत्तै गोल गर्न सफल भइन् ।

खेलको ७३औं मिनेटमा संकटाकी सेलेना अनिमाले १ गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् ।

प्रतियोगिताको दोस्रो चरणमा ५ टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा शुक्रबारको विजेता नेपाल पुलिस क्बलसँगै एपीएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।