एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर खेल्दै

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर खेल्दै


काठमाण्डु-एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि शनिवार कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुगेको हो ।

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समीकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो ।

ललितपुरले शुक्रवार भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।

कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाडौं भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।

कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछ ।