हेटौंडाबाट ८ किलो सुन बरामद, २ जना भारतीय नागरिक पक्राउ

हेटौंडाबाट ८ किलो सुन बरामद, २ जना भारतीय नागरिक पक्राउ


काठमाण्डु– हेटौंडाबाट ८ किलो सुन बरामद भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ बाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्  ।

शनिबार बिहान पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको हो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको मकवानपुर  प्रहरीले जनाएको छ ।

सुचनाका आधारमा उक्त सुन बरामद गरिएको बताइएको छ ।