खाद्यले भोलिदेखि खसी–बोका बिक्री गर्ने, जिउँदो खसीको मूल्य कति ?

खाद्यले भोलिदेखि खसी–बोका बिक्री गर्ने, जिउँदो खसीको मूल्य कति ?


काठमाण्डु– उपत्यकामा दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका भित्र्याएको छ ।कम्पनीले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका शनिबार थापाथलीमा झारेको हो ।

आइतबार (भोलि) देखि खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ ।कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ ।

च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ। गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो ।

कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीले च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्‍ग्रा ल्याउने तयारी कम्पनीको छ ।

नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।