राजधानीमा विप्लव नेतृत्व (नेकपा)को शक्ति प्रदर्शन

राजधानीमा विप्लव नेतृत्व (नेकपा)को शक्ति प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजन गरेको विशाल जनसभाको औपचारिक सुरुआत भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् । नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ ।

उक्त सभाका प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्ड रहेका छन् भने अन्य अतिथिहरुमा नेकपाका सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल असारे काका, पुनर्ग्ठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो ।

माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए । विशाल जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी समेत बढाइएको छ ।